यसकारण दियो एडिबीले १३ अर्ब

काठमाडौं, मंसिर १७ । एसियाली विकास बैंकले नेपालको विद्यालय शिक्षा सुधारका लागि १३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयमा शुक्रबार अर्थ सचिव शान्तराज सुवेदी र एशियाली विकास बैंक (एडिबी) का नेपाल प्रमुख केनिची योकोमानबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो। विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपी) अन्तर्गत परिचालन हुने रकम माध्यमिक तहको शिक्षा सुधार र गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा खर्च हुने बताइएको छ।

याे पनि पढ्नुस  एडिबीद्वारा ३९ अर्ब ३२ करोड विकास सहायता

यसैगरी विभिन्न जिल्लामा भूकम्प लगायत प्रकोप प्रतिरोधी पूर्वाधार निर्माणमा पनि एसएसडिपीले रकम खर्च गर्ने भएको छ । ऋण सम्झौतामा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एडिबीका नेपाल प्रमुख योकोमानले नेपालको विकास निर्माण, पूर्वाधार र शिक्षा क्षेत्रमाथिको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।

कमेन्ट गर्नुहोस्