आपतकालिन अवतरणका लागि सेनाले विमानस्थल बनाऊने

नेपाली सेनाले आपतकालीन अवस्थामा प्रयोगमा ल्याउने गरी सिन्धुलीको चारनाथ भिमानमा अन्तराष्ट्रिय विमानस्थल बनाउने भएको छ । मुलुकमा अप्ठ्यारो पर्दा अत्यावश्यक हवाई सेवा सुचारु ग्र्न सेनाले वैकल्पिक विमानस्थल निर्माण योजना बनाएको हो ।

विपत वा अन्य प्राविधिक कारणले त्रिभुवन विमानस्थल बन्द हुने अवस्था आए वैकल्पिक रुपमा प्रयोग गर्न मिल्ने गरी विमानस्थल बनाउन लागेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जनाए । उनका अनुसार विमानस्थल बनाउने भनिएको क्षेत्रमा हाल सेनाले हवाई जम्पलगायत विभिन्न प्रशिक्षण दिँदै आइरहेको छ । आजको कान्तिपुरमा खबर छापिएको छ ।
भिमानमा सेनाको करिब ४ सय भौगोलिक स्थितिका कारण त्यँहा बन्ने विमानस्थलबाट मध्यमस्तरका विमान मात्र अवतरण र उडान सम्भव हुन्छ । ठूला विमानलाई भने वरिपरिका चुरे डाँडाले अवरोध गर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

याे पनि पढ्नुस  सेनाको कुशलताका लागि अमेरिकी सहयोग महत्वपूर्ण : रक्षामन्त्री

कमेन्ट गर्नुहोस्