मोर्चाद्वारा एमालेलाई कार्यक्रम गर्न नदिने !

सप्तरी, मंसिर २० । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा एमालेलाई कुनै पनि कार्यक्रमहरु गर्न नदिने भएको छ । आइतबार बसेको मोर्चाको बैठकले एमालेलाई यस्ता अराजक खालका कुनै पनि कार्यक्रमहरु गर्न नदिने निर्णय गरेको जनाएको छ ।

मोर्चाले एक प्रेस विज्ञप्ती जारी गर्दै त्यस्तो निर्णयसम्बन्धी मोर्चाका संयोजक अमरनाथ मण्डलले गरेर जानकारी दिएका छन् ।

विज्ञप्तीमा पछिल्लो एकरडेढ वर्ष यता एमाले अध्यक्ष केपी ओली लगायत शीर्ष नेताले मधेस आन्दोलन र मधेसका बारेमा नकारात्मक टिप्पणी गरेकाले एमालेको व्यवहार नफेरिसम्म सप्तरीमा उसका कार्यक्रममा निषेध गरिएको उल्लेख छ ।

एमालेले मधेस आन्दोलनलाई बदनाम गर्ने काम गरेको आरोप लगाइएको छ । एमालेको कार्यक्रम निषेध गर्न मोर्चा आवद्ध दलका नेता कार्यकर्तालाई विज्ञप्तीमार्फत आह्वान समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्