नेपालका शिक्षकबारे यसो भन्छन् शिक्षामन्त्री पौडेल

रामेछाप, मंसिर २१ । शिक्षामन्त्री धनिराम पौडेलले सत्र प्रकारका शिक्षकको कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बताएका छन् छ ।

सोमबार रामेछापको दिमिपोखरीमा रहेको मावि मन्दर मेलचौरको ४३औं बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै उनले विद्यालयको शैक्षिक गुणस्तर खस्किनुमा शिक्षकहरुलदे राजनीति गर्ने कारण रहेका बताए ।

याे पनि पढ्नुस  ओखलढुङ्गगा पूर्ण साक्षर जिल्ला भएकाे घोषणा

मन्त्री पौडेलले सरकारले सरकारी विद्यालयमा सत्र प्रकारको नभई एकै प्रकारका शिक्षकको व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए। ‘सत्र प्रकारका शिक्षकका कारण सरकारी विद्यालयको स्तर खस्कियो, अब सत्र प्रकारका शिक्षक रहदैनन्,’ उनले भने ।
मन्त्री पौडेलले सबै नागरिकलाई समान ढंगले शिक्षामा पहुँच स्थापित गर्न र निःशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेको बताए ।

याे पनि पढ्नुस  शिक्षा मन्त्री पौडेलले गरे ‘सेकेण्डरी एडुकेशन इक्जाम’को अनुगमन

सरकारी विद्यालयमा विद्यार्थी जाउँ जाउँ लाग्ने वातावरण नबनाई शिक्षामा लिएको लक्ष्य पूरा नहुने भन्दै मन्त्री पौडेलले भने– ‘विद्यालयलाई भौतिक सुविधा सम्पन्न, बालमैत्री बनाइने छ । शिक्षालाई विज्ञान र श्रमसँग जोड्दै यसलाई गुणस्तरीय, व्यावहारिक र रोजगारमुलक बनाइने छ ।’

कमेन्ट गर्नुहोस्