अर्घाखाँची बन्द फिर्ता

अर्घाखाँची, मंसिर २१ । सरकारले संविधान संसोधनमा पाँच नम्बर प्रदेशलाई टुक्र्याएको विरोधमा गरिएको अर्घाखाँची बन्द फिर्ता भएको छ । अर्घाखाँचीका राजनीतिक दलले मंगलबारदेखि शुक्रवारसम्मका लागि बन्द फिर्ता लिएका छन् ।

सन्धिखर्क–चुत्रावेशीमा पसल, शिक्षण संस्था, कलकारखना, उद्योग, यातायात सुचारु भएपछि जनजीवन सामान्य बन्दै गएको छ । संयुक्त संघर्ष समितिले आन्दोलनलाई फरक ढंगले लैजाने बताएको छ ।

‘मंगलबार र बुधबार ५ नम्बर प्रदेश टुक्राउन पाइँदैन सन्देश दिने भित्ते लेखन र बोर्ड राख्ने कार्यक्रम तय गरेका छन् । एमाले लगायत उद्योगी व्यापारी सम्मिलित सयुक्त संघर्ष समितिले ‘मंगलबार र बुधवार जनताको मानव साङलो बनाएर सन्धीखर्कमा रहेको जिल्ला प्रशासन कार्यलय(सिडिओ) र सरकारी कार्यालय घेर्ने कार्यक्रम तय गरेका छन् ।
एमालेको अगुवाइमा सोमबार सन्धिखर्क टुँडिखेलमा बृहत विरोध सभा भएको थियो । सभामा गाउँ–गाउँबाट मानिसहरुलाई जानैपर्ने उर्दी जारी गरेर स्थानीयलाई उतारिएको थियो ।
सर्वसाधारणलाई अस्पताल जान सास्ती भएपछि बनदकै विरोधमा मानिस उत्रने सम्भावना देखेर बन्द फिर्ता भएको बताइएको छ ।
सरकारले संसोधन विधेयक संसदमा दर्ता गरेपनि त्यसबारेमा छलफल अगाडि बढेको छैन ।

कमेन्ट गर्नुहोस्