लोकमानको मुद्दा हेर्ने न्यायाधीशविरुद्ध परेको महाअभियोग उजुरी खारेज !

काठमाडौँ, मंसिर २१ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको मुद्दा हेर्ने न्यायाधीशविरुद्ध परेको महाअभियोग उजुरी खारेज भएको छ ।

मंगलबार बसेको संसद्को महाअभियोग सिफारिस समितिले उजुरीमा कुनै प्रमाण र आधार नभेटिएको निश्कर्ष निकालेर उजुरी खारेज गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  भरतपुर घटनालाई टुंगोमा पुर्याउन सर्वोच्चमा आजदेखि बहस सुरु

कार्कीको मुद्या हेर्न सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईविरुद्धको महाअभियोग उजुरीलाई संसद्को महाअभियोग सिफारिस समितिले खारेज गरेको हो ।

सांसदहरु रक्मणी चौधरी, रामकुमार राई र हरीचरण शाहले भट्टराईमाथि महाअभियोग लगाउन समितिमा उजुरी दिएका थिए। न्यायाधीश भट्टराई कार्कीविरुद्धको रिटमा सुनुवाइका लागि विशेष इजालसमा तोकिएका थिए ।

याे पनि पढ्नुस  स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट

कार्कीविरुद्ध सर्वोच्चमा परेको योग्यतासम्बन्धी रिटमा पुस ७ गते निर्णय हुँदैछ । लोकमानविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावउपर संसद्मा छलफल जारी छ । संसद्मा एमालेले अवरोध गरेपछि महाअभियोगमाथिको छलफल पनि अहिले अड्किएको छ । छलफल सकाएर समितिमा पठाउने तयारी भए पनि संसद् अवरुद्ध भएकोले त्यो काम हुन सकेको छैन ।

याे पनि पढ्नुस  एलइडी बल्ब किन्न सर्वोच्चबाट बाटो खुल्यो

कमेन्ट गर्नुहोस्