क्यान्सरपीडित चौधरीलाई सहयोगका लागि आग्रह

काठमाडौँ, मंसिर २१ । कैलालीका ३२ वर्षीय नारायण चौधरी क्यान्सर रोगले पीडित पथरैया आर्थिक सहयोगका लागि आग्रह गरेका छन् ।

आफू सुकुम्वासी परिवारको भएको र उपचारका लागि रकमको अभाव भएकाले मानवीय रुपमा आर्थिक सहयोगका लागि सबैसँग चौधरीले आग्रह गरेका छन्। विगत एक वर्षदेखि क्यान्सरको उपचारको क्रममा धेरै ऋण लागेको उनले बताएका छन् ।

सहयोग गर्न चाहनेले नारायण चौधरीको एभरेस्ट बैङ्कको खाता नम्बर ०२३००५०१२०१२२६ र हिमालयन बैङ्कको खाता नम्बर ००६०२३५५४५००१५ मा रकम जम्मा गर्न सक्नेछन् ।

सुरुमा भारतको लखनउमा उपचार गराउनुभएका चौधरीले हाल भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको छ । उनले भने– ‘भारतमा गरेको शल्यक्रिया असफल भएपछि अहिले फेरि नेपालमा शल्यक्रिया गराएको छु, पैसा नहुँदा उपचारमा निकै समस्या परिरहेको छ ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका चौधरीले राजधानीका कलेजमा अध्यापन गराउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्