इन्जिनमा समस्या आएपछि पाकिस्तानमा विमान दुर्घटना, ४२ को मृत्यु

मंसिर २३ । पाकिस्तानमा भएको विमान दुर्घटनामा त्यसमा रहेका सबै जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ‍‍‍‍‍‍(PIA) PK 661 को विमान इस्लामावादतिर जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो । विमान उत्तरी पहाडमा ठोक्किएर आगो लागेको थियो ।

विमान दुर्घटना हुनु केही समयअघि मात्रै विमानका पाइलटले कन्ट्रोल रुममा फोन गरेर इन्जिनमा केही समस्या आएकोबारे बताएको अन्तर्राष्ट्रिय एयरलाइन्स पिआइएले जनाएको छ ।

याे पनि पढ्नुस  पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै

दुर्घटनामा विमानमा रहेको ४२ यात्रु र चालक दलका ६ सदस्य गरी ४८ जनाको ज्यान गएको ज्यान गएको छ । दुर्घटनाको थप कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्