दुर्गम क्षेत्रमा विद्यालय भवन बनेपछि स्थानीयमा उत्साह

पाल्पा, मंसिर २५ । जिल्लाको पूर्वी भेगमा पर्ने सहलकोट–२ मा नयाँ विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् ।

विकट र दुर्गममा सञ्चालन हुँदै आएको पुरानथर प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै जाँदा पठनपाठनमा निकै समस्या झेल्दै आएका यहाँका शिक्षक र विद्यार्थीले सहजरुपमा पठनपाठन हुने भएपछि यस क्षेत्रका स्थानीयवासिन्दा उत्साहित भएका छन् ।

याे पनि पढ्नुस  सुन्न र बोल्न नसने शशिराजको आम्दानी चार लाख

विद्यालयको भवन जीर्ण भएका कारण न्यून मात्रामा विद्यार्थी सङ्ख्या रहेकोमा अब नयाँ भवन निर्माणसँगै विद्यार्थी अनुपात पनि बढ्ने विद्यालयले जनाएको छ ।

दुर्गमका बालबालिकालाई गाउँमै सहज वातावरणमा पठनपाठन गरुन् भन्ने उद्देश्यले विद्यालय तथा यहाँका स्थानीयवासीले जापानीज नागरिक, सहलकोट गाविस कार्यालयसँग आर्थिक रकम सहयोग गर्न पहल गरेपछि सो भवन निर्माण गरिएको हो ।

याे पनि पढ्नुस  स्व. दिदीलाई हत्यारा भाइको पत्र !

जापानीज नागरिक तनाका साचिकोको र नाकानो मियोकीबाट रु चार÷चार लाख, सहलकोट गाविस कार्यालयबाट रु दुई लाख १३ हजार ६१५, विद्यालय कोषबाट रु एक लाख ५९ हजार १६२, स्थानीयको जनश्रम दानबाट रु तीन लाख २० हजार २६६ गरी जम्मा रु १४ लाख ९३ हजार ४३ को लागतमा ३/३ कोठाको दुई वटा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनसिं सारुले बताए ।

याे पनि पढ्नुस  रामपुरका ८ सय ५६ घरपरिवार अझै लालपुर्जाविहिन

विद्यालयमा हाल सहकोट गाविस १ र २ का ५३ जना विद्यार्थी अध्ययनरत छन् ।

कमेन्ट गर्नुहोस्