प्रमुख दलहरु जिम्मेवार बन : कांग्रेस नेता

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख दलहरुलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिहले प्रतिपक्षीहरुले हाल चर्चामा ल्याएको संविधान संशोधनको विषय बाहिरी इसारामा आयो भन्ने हल्ला गलत रहेको भन्दै त्यस्तो हल्लाको पछाडी नलाग्न आग्रह गरे ।

‘मधेशी मोर्चा लगायतले उठाएका जायज मागका सबन्धमा हल्का अभिव्यक्ति दिनुभन्दा जिम्मेवार बन्न प्रमुख दलहरुलाई आग्रह गरे ।

सरकारले अहिले राखेको संशोधन आवश्यक परिमार्जन गरेर अगाडि बढाउन तयार समेत उनले बताए । अहिलेको अवस्थामा छलफल र सहमतिबाटै जारी राजनीतिक गतिरोध अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘प्रमुख दलहरु मिलेर संविधान कायन्यनको प्रमुख आधार निर्वाचनको वातावरण बनाएर चुनावमा जाने अवस्था बन्न नसके मुलुक संकटमा फस्नेछ । त्यसैले परिवर्तनकारी शक्ति मिलेर अघि बढ्नुको बिकल्प छैन ।

कमेन्ट गर्नुहोस्