पाँच करोडको कारोबार मेलामा

भक्तपुर, मङ्सिर २८ । भक्तपुर सल्लाघारीमा जारी अन्तर्राष्ट्रिय व्यापार मेलामा पाँचौं दिनसम्म आइपुग्दा रु.पाँच करोडको कारोबार भएको छ ।

भक्तपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको उक्त मेलामा ९० हजारभन्दा बढीले अवलोकन गरिसकेको मेलाका संयोजक राजु मृगेन्द्र जोशीले जानकारी दिए ।

याे पनि पढ्नुस  नयाँशक्ति र विप्लव नेतृत्वका जिल्ला अध्यक्षसहित सयौं नेता माओवादी केन्द्रमा प्रवेश

मेलामा मौलिक हस्तकलाका उत्पादन, घरेलु तथा लघु उद्यमका उत्पादन, शैक्षिक, सूचना प्रविधि, कृषि उत्पादन, विभिन्न किसिमका सवारी साधन, दैनिक उपभोग्य तथा घरायसी सामग्री, विद्युतीय सामग्री, फर्निचर, बाल मनोरञ्जन लगायतका सामग्री बिक्रीका लागि राखिएको छ ।

कमेन्ट गर्नुहोस्