विकास बजेट आठ प्रतिशत !

बैतडी, मंसिर ३० । बैतडीमा प्रथम चौमासिकमा करिब आठ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । जिल्लाको विकास बजेटको नामले चिनिने पुँजीगत खर्च ७.९५ प्रतिशत मात्रै भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, बैतडीले जनाएको छ ।

कार्यालयलाई चालु आवका लागि रु एक अरब १० करोड ८० लाख ७२ हजार अख्तियारी आएको र विभिन्न कार्यालयमार्फत प्रथम चौमासिकमा रु आठ करोड ८१ लाख २१ हजार मात्र खर्च भएको कोष नियन्त्रक दिलीप शाहीले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  बैतडीमा बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध

यस्तै, चालु खर्चका लागि रु दुई अर्ब ६७ करोड ९२ लाख २४ हजारको अख्तियारी आएको र रु ९५ करोड आठ लाख ७४ हजार खर्च भएको शाहीले जानकारी दिए ।

चालुतर्फ भने ३५.४९ प्रतिशत खर्च भएको बताइएको छ । पुँजीगत बजेटमा विकास बजेट र चालु खर्चमा कर्मचारीको तलब र केही अन्य कार्यक्रमको बजेट रहेको र पहिलो चौमासिकमा विकास बजेट अथवा पुँजीगत खर्च भने निकै कम हो ।

याे पनि पढ्नुस  समयमा वर्षा हुन नसक्दा भएको पानीका मुहान सुक्दै

कमेन्ट गर्नुहोस्