एसीसी यु–१९ क्रिकेटमा नेपालको खराब प्रदर्शन, व्याटिङ लय मिलाउन नसक्दा लगातार पाँच विकेट पतन

काठमाडौं, पुस १ । श्रीलंकाको कोलम्बोमा टस जितेर पहिले व्याटिङ गर्न आएको नेपालले व्याटिङ लय मिलाउन नसक्दा लगातार पाँच विकेट गुमाएको छ । एसीसी युथ–१९ एसिया कपअन्तर्गत भारतविरुद्ध व्याटिङ गरिरहेको नेपालको कुनै समय १० ओभरमा ३६ रन बनाएको थियो । तर, त्यसुपछि विकेट गुमाउन पुगेका नेपालले भरपर्दा सबै व्याट्सम्यानहरुलाई सस्तैमा लगातार गुमायो । भारतका राहुल चहार एक्लैले नेपालकाे चार विकेट लिए ।

याे पनि पढ्नुस  एसिया कप छनोटः नेपाललाई सिंगापुरले दियो १५२ रनको लक्ष्य

अहिले १९ ओभरको खेल चलिरहँदा नेपाल जम्मा ५१ रन बनाएर खेलिरहेका छन् । ओपनर सन्दीप सुनार व्यक्तिगत ७ रन बनाएर राहुल चहारको बलमा एलविडब्लु धरापमा परे भने अर्का व्याट्सम्यान आदिल खान पनि चहारकै बलमा एक रनमा बोल्ड भए । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी र प्रकाश केसी रहेका छन् ।
बिहीबार आयोजक श्रीलंकासँग १ रनले पराजित नेपालले मलेसियालाई सहजै हराएको भारतसँग सामना गरिरहेको हो।

याे पनि पढ्नुस  सन्दीपले अस्ट्रेलियाको बिग बास पनि खेल्ने, पारिश्रमिक कम्तीमा ६० हजार डलर

कमेन्ट गर्नुहोस्