नेपालको एक सय रन पूरा, सातौ विकेटमा ऐरी आउट

काठमाडौं, पुस १ । एसीसी यु–१९ एसिया कप क्रिकेटमा भारत विरुद्ध व्याटिङ गरिरहेको नेपालले एक सय रन बनाएको छ ।
सुरुवाती व्याटिङ राम्रो भएपनि मध्य क्रममा धर्मराएको नेपालको व्याटिङलाई दीपेन्द्रसिंह ऐरीले समालिरहेका थिए । तर ३५ ओभरको पहिलो बलमा ऐरी पनि आउट भएसँगै नेपालको खराव प्रदर्शन रोकिन सकेको छैन । नेपालले ७ विकेट गुमाएर १०६ रन बनाएकाे छ ।

याे पनि पढ्नुस  विश्वकपमा अब इङ्ल्याण्डको सम्भावना कति?

श्रीलङ्काको कोलम्बोमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले ३३ ओभरमा एक सय रन पूरा गरेको हो । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी ३४ रन र रोहित कुमार १२ बनाइ खेलरहेका छन् ।

कमेन्ट गर्नुहोस्