एसीसी यु–१९ क्रिकेटमा नेपालद्वारा भारतसामु १७३ रनको लक्ष्य पेश

काठमाडौं, पुस १ । रोहित कुमार पौडेलको सर्वाधिक अविजित ६८ रनकाे मद्दतमा एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १७३ रनको लक्ष्य पेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नाै विकेट गुमाई १७२ रन बनाएको हो । पाैडेलले अन्तिम अोभरमा दुइृवटा छक्का र तीन वटा चाैका सहित २४ रन प्रहार गरेर भारतविरुद्ध मध्यम स्कोर खडा गर्न सफल भएका हुन् ।

cricket

नेपालको सुरुवाती व्याटिङ राम्रो थियो । दश ओभरमा ३६ रन बनाएको नेपालले त्यसपछि लगातार विकेट गुमाएका थियो । ओपनर सन्दीप सुनारलाई ७ रनमा गुमाएको नेपालले जम्मा आठ रन जोड्दा लगातार चार विकेट गुमाएको थियो ।

मध्य क्रममा धर्मराएको नेपालको व्याटिङलाई पाँचौ व्याटका रुपमा व्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी र प्रकाश केसीले उकासेका थिए । उनीहरुबीच ३५ रनको साझेदारी भएको थियो । तर ३५ ओभरको पहिलो बलमा ऐरी पनि आउट भएसँगै नेपालको खराव प्रदर्शन रोकिन सकेन ।
दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । यस्तै आशफि शेख १८ रन, प्रकाश केसी १३ रन बनाए र सन्दीप सुनार ७ रनमा आउट हुँदा पवन सर्राफ २ र शुभंकर उवाओले ९ रन जोडे । भारतका राहुल चहार एक्लैले पाँच विकेट लिए । चहारले कप्तान सन्दीप लामिछाने, आदिल खान, सन्दीप सुनार, आशिफ शेख र भीम कार्कीको विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्