शिक्षा मन्त्री र डिन अग्रबालबीच छलफल

काठमाडौं, पुष ७ । शिक्षा मन्त्री धनिराम पौडेलले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन कार्यालयमा भैरहेको तालाबन्दीप्रति चासो व्यक्त गरेका छन् ।  मन्त्री पौडेलले आइओएमका नव नियुक्त डिन डाक्टर जगदिश अग्रबाललाई बुधबार राती आफ्नो निबासमा बोलाएर असन्तुष्ट पक्षको चित्त बुझाएर डिन कार्यालयमा भैरहेको तालाबन्दी खोल्ने बाताबरण सिर्जना गर्न निर्देशन दिएका हुन्। मन्त्री पौडेल र डिन अग्रबालबीच गए राती झण्डै दुई घण्टासम्म यस बिषयमा छलफल भएको थियो ।

याे पनि पढ्नुस  तत्काल उपकुलपति नियुक्त गर्न क्रान्तिकारीको दवाव

छलफलमा डाक्टर अग्रबालले विहिबारदेखि नै असन्तुष्ट पक्षसँग संवाद शुरु गरी समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता मन्त्री पौडेल समक्ष व्यक्त गरेका छन। उनले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन डाक्टर गोविन्द केसीको समेत सहयोग खोजिने बताए । डाक्टर गोविन्द केसीको माग अनुसार सरकारले डाक्टर केशवप्रसाद सिंहलाई राजिनामा दिन लगाएर डाक्टर जगदिश अग्रबाललाई आइओएमको नयाँ डिन बनाएपछि असन्तुष्ट पक्ष संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएको छ ।

याे पनि पढ्नुस  किन फिर्ता भयो शिक्षा नियमावली : शिक्षामन्त्री पौडेल

असन्तुष्ट पक्षले गरेको तालाबन्दीको कारण डिन अग्रबाल अझै आफ्नो कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन । डाक्टर सुरेश उप्रेती संयोजकत्वको संघर्ष समितिले डिन अग्रबालले राजिनामा नदिएसम्म तालाबन्दी नखोल्ने अडान लिएको छ । कानुन सम्मत रुपमा नियुक्त भएका डाक्टर सिंहलाई एउटा व्यक्तिको हठको कारण सरकारले जवर्जस्ती राजिनामा दिन बाध्य बनाएर गैर कानुनी ढंगले अग्रवालाई डिन नियुक्त गरेको असन्तुष्ट पक्षको आरोप छ ।

कमेन्ट गर्नुहोस्