अाजदेखि नारायणगढ- मुग्लिन सडक दैनिक चार घण्टा बन्द

काठमाडौं, पुस ७ । बिहिबारदेखि मुग्लिन–नारायणगढ सडक चार घण्टा बन्द हुने भएको छ । सडक विस्तारका बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडकखण्डमा गाडी बन्द गरिने नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाले जनाएको छ । आयोजनाले सवारीसाधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ । साना सवारी साधन कार, जीप र मोटरसाइकलले काठमाडौंको सिस्नेरी हुँदै हेटौडाबाट चितवन पुग्न सकिने भएकाले आयोजनाले विहान ११ बजेदेखि ३ बजेसम्म उक्त सडक प्रयोग गर्न सुझाव दिएको छ । ठूला सवारी साधन ट्रक, बस र ट्याङकरले विपी राजमार्ग तथा बाइरोडको बाटो प्रयोग गर्न आयोजनाले सुझाव दिएको छ ।
काठमाडौं, भक्तपुर, बनेपा हुँदै बर्दिवास निस्कने विपी राजमार्ग र नागढुंगा नौबिसे हुँदै बाइरोडको बाटो प्रयोग गर्न सक्ने नारायणघाट मुग्लिन सडकखण्ड आयोजनाले अनुरोध गरेको छ । यस्तै पश्चिचम जानेरआउने गाडीले मुग्लिनबाट पोखरा–स्याङजा–वालिङ हुँदै बुटवल निस्केर गन्तव्यमा पुग्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्