कसले दल्यो लोकमानलाई कालोमोसो !

काठमाडौं पुस ७ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने माओवादीको कार्यकर्ता रहेको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

बिहिबार सर्वोच्च अदालतमा उनीविरुद्ध परेको रिटको पेशी वुझ्न पुगेका बेला उनीलाई दुईजना युवाले कालोमोसो दलेका थिए । कार्कीलाई कालोमोसो दल्ने दुवैजनालाई प्रहरीले पक्राउ गरी उनीहरुको सम्बन्ध माओवादीसँग रहेको प्रतिक्रिया दिएको हो ।

याे पनि पढ्नुस  कार्कीलाई कानुनबमोजिम कारबाही गर्न महाअभियोग उपसमितिले गर्यो सिफारिस

यद्यपी यसको थप विवरण प्रहरीले अनुसन्धान जारी रहेका भन्दै दिएको छैन । कार्की बिरुद्ध परेका रिटमाथी सर्वोच्च अदालतमा निवेदकका तर्फबाट आज बहस सकिएको छ । न्यायाधीश इश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हाको पुर्ण इजलासमा शुरु भएको सुनुवाईमा निवेदकका तर्फबाट आज ९ जना कानुन व्यवसायीले बहस गरेका छन । बिपक्षीका तर्फबाट भोली बहस शुरु हुनेछ ।

याे पनि पढ्नुस  हिमालयन ट्राभल मार्टकाे फाईल अख्तियारकाे नियन्त्रणमा 

कार्की पक्षका कानुन व्यवसायीको जोडवलमा आज बार दिवस परेको भन्दै पेशी हटाउन बार एशोसियसनबाट लिखित रुपमा गरिएको आग्रहलाई अस्वीकार गर्दै इजलासले निवेदक पक्षबाट बहस शुरु गर्न आदेश दिएको थियो । कार्कीको नियुक्ति सम्बन्धि योग्यता, सेवा सुविधा निलम्वन, म्याद तामेलीमा अवरोध लगायतका रिटमा आज एकैसाथ सुुनुवाइ सुरु भएको हो । ५० भन्दा बढी कानुन ब्यवसायीले कार्कीको पक्षमा बहसका लागि नाम टिपाएका छन् ।

याे पनि पढ्नुस  यसरी परे उपेन्द्रकान्त अर्याल र राजेन्द्र क्षत्री अख्तियारको

कमेन्ट गर्नुहोस्