सर्वोच्चबाट लोकमानले पाए वारेस राख्ने अनुमति, योग्यता मुद्दा एक हप्तालाई सारियो

काठमाडौं, ८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतबाट राहत पाएका छन् । कार्कीले आफ्नो मुद्दामा वारेश राख्ने सुविधा पाएपछि आफै अदालत धाउनु नपर्ने भएको छ ।

योग्यता तथा म्याद तामेलीमा अवरोध गरेको आरोपमा परेको मुद्दामा पूर्ण इजलाशले शुक्रबार कार्की र पूर्व कानून सचिव प्रमोद कार्कीलाई आफ्नो मुद्दामा वारेश राख्ने सुविधा दिएको हो । यसअघि उनीहरु स्वयं नै अदालत उपस्थित हुनुपर्ने बाध्यता थियो । यसअघि नै दुवै जनाले वारेश राख्न सर्वोच्चमा निवेदन दिएका थिए ।

याे पनि पढ्नुस  किन सर्यो लोकमान विरुद्ध मुद्धाको सुनुवाई ?

विहीबार अदालत आउने क्रमा कार्कीलाई विप्लव माओवादीका दुई कार्यकर्ताले कालोमोसो दलिदिएका थिए । कार्कीको योग्यताकोबारेमा विहीबारदेखि सर्बोच्चमा बहस शुरु भएको छ ।
शुक्रबार कार्की पक्षधरका अधिवक्ताद्वय माधव बस्नेत र बालकृष्ण न्यौपानेले बहस गरेका थिए । अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीविरुद्ध रिट दायर गरेका थिए ।

याे पनि पढ्नुस  कार्कीलाई कानुनबमोजिम कारबाही गर्न महाअभियोग उपसमितिले गर्यो सिफारिस

कमेन्ट गर्नुहोस्