रिमालले जिते राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्ण !

इटहरी, । सातौं राष्ट्रिय खेलकुल प्रतियोगितको एथलेटिक्स तर्फको पहिलो स्वर्ण धावक हरिकुमार रिमालले जितेका छन् । शनिबार इटहरीको ट्रयाक एण्ड फिल्डमा भएको पुरुषतर्फको दौडमा रिमालले १५ सय मिटरको दुरी ४ मिनेट ४ सेकेण्डमा पार गरेर उपाधि हात पारेका हुन् । रिमाल नेपाली सेनाका धावक हुन् ।

१३ धावक सहभागी खेलमा नेपाली सेनाकै अर्का धावक छत्रबहादुर दाहालले रजत पदक जिते ।  त्यस्तै नेपाल पुलिसका तर्फबाट करण खड्काले कास्य पदक हात पारेका छन् ।

कमेन्ट गर्नुहोस्