Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कैलालीमा भारतीय माछा बाईबाई

कैलाली ।
दुई चार वर्ष अघिसम्म कैलालीमा भारतीय माछाको एकाधिकार रहेकोमा अहिले ७० प्रतिशत माग स्थानीय उत्पादनले धानेको छ । माछा तथा मासुमा कैलाली जिल्ला आत्मनिर्भर नभएपनि भारतीय उत्पादन विस्थापन हुने क्रम बढेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ । कैलालीमा गत वर्ष १ हजार २ सय ६१ मेट्रिक टन माछा उत्पादन भएको छ ।

९ सय २३ हेक्टर क्षेत्रफलमा माछा पालन हुदै आएको कैलाली जिल्लामा १ सय ९७ ओटा प्राकृति र कृत्रिम ताल छन् । भारतबाट आयात हुने माछामा हनीकारक विषाधीको प्रयोग गरि भित्रयाईने गरिएको छ । कैलाली जिल्ला मै ७० प्रतिशत यहिको माछा खपत हुने भएपछि हानीकारक विषादीबाट पनि उपभोक्ताले छुट्कारा पाउन थालेका छ ।
जिल्ला कृषि विकास कार्यालय कैलालीका सुचना अधिकारी गोविन्द जोशीले कैलाली जिल्ला

वार्षिक १२ सय ६१ मेट्रिक टन माछा उत्पादन हुने गरेको बताउदै कैलाली जिल्ला माछा उत्पादन बढी गर्ने जिल्लामै पर्ने गरेको बताउनुभयो ।

७ लाख ७५ हजार ७ सय ९० जनसङ्खया भएको कैलाली जिल्लामा वार्षिक ५० करोडको माछा को कारोबार हुदै आएको छ । सरकारले विशेष मत्श्य उत्पादन कार्याक्रम अघि सारेपछि पनि माछा पालन गर्ने किसान बढ्दै गएको कृषि विकास कार्यालको भनाई छ
धनगढी उप महानगरपालिका वडा नम्बर १६ बेहडा वावा तलाउ ठेक्कका मा लिई माछा पालान गर्दै आएका राज कुमार चौधरीले आफुले पालेका माछाले सहजै बजार पाउने गरेको खुसी रहेको बताउदै तालमा रोहु, कमलकार, व्रिगेट, सिल्भर, नैनी, भाकुर, ग्रास जातका माछा रहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: