तलब खुवाउन माछा र कुखुरा पालन !

जाजरकोट, पुस १० । विद्यालय सञ्चालनका लागि नियुक्त गरिएका निजी शिक्षकलाई तलब खुवाउन यहाँको एक विद्यालयले माछा र कुखुरा पालन व्यवसाय गरेको छ ।

जिल्लाको सिमा गाविस–२ मा रहेको सरस्वती आधारभूत विद्यालय नेपा लैकडामा कुखुरा र माछा पालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रकाश अधिकारीले जानकारी दिए ।

याे पनि पढ्नुस  छाउगोठः जनावरभन्दा देवताकै डर

विद्यालयमा छ जना शिक्षक निजीस्तरबाट राखिएको र तिनलाई तलब, भत्ता खुवाउन र विद्यालयको स्तरोन्नति गर्न व्यावसायिक कार्य गरिएको अधिकारीले बताए । विद्यालय सञ्चालन गर्न अन्य वैकल्पिक उपाय नहुँदा विद्यालय व्यवस्थापन समितिको पहलमा दुई हजार ५०० माछाका भुरा र एक हजार कुखुरा पालन गरिएको हो ।

याे पनि पढ्नुस  त्रिवेणी नलगाड नपामा प्रतिघर १० विरुवा, सुत्केरी भत्ता दोव्वर

विसं २०२४ मा स्थापना भएको यो विद्यालय अब आधारभूत तहबाट माविसम्मको कक्षा सञ्चालनको तयारीमा छ । रासस

कमेन्ट गर्नुहोस्