प्रचण्डसँग मिल्नुको विकल्प नभएको बाबुरामको भनाई, १६ महिनापछि पहिलो पटक एउटै मञ्चमा

काठमाडौं, पुष ११ । माओवादी केन्द्र परित्याग गरि नयाँ शक्ति नेपाल पार्टी गठन गरेका पूर्व कम्युनिष्ट नेता डा. बाबुराम भट्टराईले आन्दोलनका उपलब्धि रक्षा गर्न माओवादी केन्द्रसँग मिल्नुको विकल्प नभएको बताएका छन् ।

माओवादी आन्दोलनका चिरपरिचत दिवगंत नेता भक्ति पाण्डेको सम्झनामा लेखिएको पुस्तक बिमोचन समारोहमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एउटै मञ्चमा देखिएका भट्टराईले विगतमा परिस्थितिले अलग हुनु परेको भएपनि मिल्नुपर्नेमा जोड दिए ।

नेता पाण्डेको सम्झनामा प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा भावुक देखिएका बाबुरामले प्रचण्डसँग व्यक्तिगत वैमनश्यता नभएको भन्दै फेरि पनि एकै ठाउँमा उभिने परिस्थिति बनेको बताए । ‘मैले हतार गरेको होइन । परिस्थति नै त्यस्तो थियो । मैले प्रचण्डलाई सजिलो बनाइदिएको हुँ । यो उपलब्धि गुम्न नदिन हामी मिल्छौं । मिल्नुको विकल्प छैन ।’

याे पनि पढ्नुस  प्रचण्ड नेपालका सबैभन्दा लोकप्रिय नेता - बेलायत

डा. भट्टराईले पुरानो कार्यशैलीले मिलनविन्दु नभेटिने भन्दै माओवादी केन्द्रले समेत कार्यशैली सच्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रमा भावुक देखिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान जारी भएलगत्तै बाबुरामजीले अलग हुने हतार गर्दा अहिलअहिले संविधान कार्यान्वयनमा थप जटिलता देखिएको बताए । “अहिले परिस्थिति यस्तो बन्यो कि फेरि पनि उहाँ र म एकै ठाउँमा उभिने स्थिति आयो । हामी एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा छ । एक हुनुको विकल्प छैन ।”

याे पनि पढ्नुस  कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्छु : प्रचण्ड

प्रचण्डले अघि भने, ‘प्रचण्ड र बाबुराम मिल्नुपर्छ भन्ने भक्ति पाण्डेको अन्तिम चाहना थियो, संयोग नै हो हामी छुटेपछि आज एकै ठाउँमा छौं, त्यो पनि भक्ति पाण्डेकै सन्दर्भमा ।’

प्रचण्डले थपे- ‘माओवादी कमजोर भयो भनेर धेरै सल्बलाए । संविधान नरहेर के भयो र रु माओवादी त जाने हो नि भनेर विरोधीहरु धराप थापेर बसेका छन्, प्रचण्डले भने, ‘०४७ त फर्किन्न, आउने त ०७४ साल नै हो ।’

कमेन्ट गर्नुहोस्