जित्नेलाई दोहोरो पुरस्कार

धनगढी, पुस ११ । विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका तर्फबाट विजयी खेलाडीलाई दोहोरो पुरस्कार मिल्ने भएको छ ।

सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पनि नगद पुरस्कार प्रदान गर्ने राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले घोषणा गरेका छन् ।

याे पनि पढ्नुस  रहेनन् ‘रादाराम’

स्वर्ण पदक जित्नेलाई नगद रु १० हजार, रजत पदक जित्नेलाई नगद रु पाँच हजार र काँस्य पदक जित्नेलाई नगद रु तीन हजार पुरस्कार दिने केन्द्रीय सदस्य कुँवरले जानकारी दिए ।

खेलाडीको हौसला बढाउन र उत्प्रेरणा दिनका लागि आफूले व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेको कुँवरको भनाइ छ ।

याे पनि पढ्नुस  कांग्रेसमा विवाद चर्किदै, तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग

कमेन्ट गर्नुहोस्