शसस्त्रले वहिस्कार गरेपछि वाकओभरमा पूर्वाञ्चलले जित्यो महिला क्रिकेटमा स्वर्ण

सुनसरी, पुस १२ । महिला क्रिकेट प्रतियोगितामा पूर्वाञ्चलले स्वर्ण पदक जितेको छ । मंगलबार भएको पूर्वाञ्चल र सशस्त्रबीचको फाइनल खेलमा १८ दशमलव ४ ओभरको खेल चलिरहँदा चौका भएकोबारे विवाद भएको थियो । शसस्त्रले चौका दिनुपर्ने माग गरेको थियो तर, फिल्डका अम्पायरले चौका वाउन्ड्री पुग्नु अगावै पुर्वाञ्चलका खेलाडिले बल रोकेको भन्दै चौका दसन मानेनन् ।

याे पनि पढ्नुस  सातौं राष्ट्रिय खेलकुदः नेपाली सेना १२१ पदकसहित अग्रस्थानमा

विवाद भएपछि खेल आधा घण्टाको लागि स्थागित भएको थियो । अम्पायरले चौका नभएको जनाएपछि एपिएफले खेल बहिस्कार गरेको थियो । खेल पूर्वाञ्चलले जितेको घोषणा गरेपनि सशस्त्रले भने स्वीकार गरेको छैन ।
टस जितेको पूर्वाञ्चल १८ ओभर ४ बलमा ६३ रनमा अलआउट भएको थियो । डीभिएम स्कुलको मैदानमा भएको खेलमा जवाफमा आएको डिफेन्डिङ च्याम्पियन एपिएफले ८ विकेट गुमाइसकेको थियो ।
१८ दशमलव ४ ओभरमा एपिएफकी ब्याट्सवुमन रितु केडरीयाले हानेको बलमा चौकाको वाउन्ड्री छोएको नछाएको विवाद आएपछि खेल रोकिन पुगेको थियो । एपिएफले त्यो बलले सीमा रेखा पार गरेको भन्दै चौका दिनुपर्ने अडान राखेको थियो । तर अन फिल्ड अम्पायरले पूर्वाञ्चलका फिल्डर अप्सरी बेगमलाई क्रिकेटको नियमानुसार बाउन्ड्रीमा बल पुगेको नपुगेको बारेमा सोधेका थिए । फिल्डरले चौका नभएको भनेपछि अम्पायर त्यही निर्णयमा अडिग रहे । तर चौका नदिएपछि एपिएफका खेलाडीहरु मैदानभित्र पस्न मानेनन् । म्याच अम्पायर सत्यजीत सरकारले भने ‘सशस्त्रले खेल्न नमानेपछि वाकओभर दिएका हौँ ।’

याे पनि पढ्नुस  जित्नेलाई दोहोरो पुरस्कार

कमेन्ट गर्नुहोस्