जबर्जस्ती चुनाव गरे प्रतिकार गर्छाैं : उपेन्द्र यादव

काठमाडौं, पुस १३ । संघीय गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जबर्जस्ती रुपमा चुनाव गराउन खोजे आफूहरुले प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

मुलुकको वर्तमान राजनीतिक गतिरोध फुकाउने एकमात्रै बाटो संविधान संशोधन भएको बताउँदै उनले संविधान संशोधन नगरीकन यदि चुनावी माहोलमा गए त्यो आफ्नो पार्टीलाई अमान्य हुने र त्यसको प्रतिकार गर्ने उनले बताए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘यदि जबरजस्ती चुनाव गरियो भने मोर्चाले त्यसलाई मान्दैन, एक समयमा पूर्वराजा ज्ञानेन्द्रले पनि यस्तै चेष्टा गरेका थिए, अन्ततः हालत के भएको थियो ? त्यो हामी सबैलाई थाहा छ ।’

याे पनि पढ्नुस  उपेन्द्रको दाबी: तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी

‘त्यसैले त्यस्तो चेष्टा पुन नगरियोस् ।’ दलहरुलाई इंगित गर्दै उनले भने । उनले रसमस्या राजनीतिमा भएको र समाधानका लागि चुनाव गराएर नहुने बताएका छन् । उनले भने, ‘कांग्रेस–कम्युनिष्टहरुको बुद्धि पनि विचित्रको छ, अहिलेको संविधानले स्थानीय तहको चुनावको परिकल्पना गरेको छ, तर उनीहरु स्थानीय निकायको चुनाव गर्ने भनिरहेका छन् । अब कुन संविधानलाई समातेर चुनाव गर्ने हुन् ।’

याे पनि पढ्नुस  राजपाद्वारा संघीय समाजवादी फोरमसंग तालमेल गर्ने निर्णय

उनले प्रमुख दलहरुलाई संविधान संशोधन नगरीकन चुनाव गरे मुलुक द्धन्द्धतर्फ जाने चेतावनी दिए । यादवले भने, ‘काँग्रेस–कम्युनिष्टहरुको बुद्धिपनि विचित्रको छ, अहिलेको संविधानले स्थानीय तहको चुनावको परिकल्पना गरेको छ, तर उनीहरु स्थानीय निकायको चुनाव गर्ने भनिरहेका छन्, अब कुन संविधानलाई समातेर चुनाव गर्ने हुन ?

याे पनि पढ्नुस  मुख्यमन्त्री राउतले बोलेको कुरा जायज, सत्य कुरा तीतो हुन्छ : अध्यक्ष यादव

यादवले कांग्रेस र एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धि समाप्त पार्ने खेलमा लागेको आरोप लगाए । कांग्रेसले दोधारे चरित्र देखाएकाले आन्दोलनका उपलब्धिहरु संकटमा पर्न लागेको बताए ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो राजासँग मिलेर कांग्रेस तोडेर बहुदलीय व्यवस्था नै धरापमा पारेको इतिहास छ, फेरि त्यही भूमिकामा जाने हो कि भन्ने खतरा रहेको बताए ।

कमेन्ट गर्नुहोस्