काठमाडौ, पुस १३ । सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । विज्ञान तथा प्रविधि र इन्जिनियङ संकायका विद्यार्थीहरुले ल्याब स्थापनाको माग गर्दै मुख्य गेटमै तालाबन्दी गरेका छन् ।
क्याम्पस प्रशासनले आफ्नो मागको सुनवाई नगरेको भन्दै विद्यार्थीहरुले विश्वविद्यालयका पदाधिकारीको राजीनामा समेत माग गरेका छन् । विद्यार्थीको तालाबन्दीपछि विश्वविद्यालयको पठन पाठन ठप्प भएको छ ।
विश्वविद्यालयमा तालाबन्दी गरिएको अवस्थामा समस्या समाधान गर्नुको साटो उपकुलति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्ट काठमाडौंतर्फ हिँडेको विद्यार्थीहरुले बताएका छन् । “हाम्रो भविष्यसँग जोडिएको कुरामा विश्वविद्यालयका पदाधिकारी संवेदनशील देखिएनन्, आन्दोलनको विकल्प छैन” विद्यार्थीहरुले सामूहिक रुपमा भने ।