एभरेष्ट दैनिक

झण्डै सत्तरी करोड शिक्षण अस्पताललाई सहयोग

play all visit

काठमाडौँ, पुस १३ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण सुधार परियोजनाका लागि रु ६९ करोड २० लाख अनुदान सहयोग प्रदान गर्ने जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले सहमति गरेको छ ।

उक्त सहमति पत्रमा आज अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गरेका छन् । यसैगरी जाइकाले जापानको आव २०१६ को अनुदान सहयोग योजनाअन्तर्गत नेपाल सरकारलाई रु ३२ करोड १० लाख अनुदान सहयोग गर्न सहमति जनाएको छ ।

याे पनि पढ्नुस  दक्षिण एसियाली फूटबल महासंघको उपाध्यक्षमा कुँवर निर्वाचित

सो सहमति पत्रमा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जाइका नेपालका वरिष्ठ प्रतिनिधि हिरोयसु तोनोकावाले हस्ताक्षर गरेको छ ।

सो अवसरमा अर्थ सचिव सुवेदीले जापान सरकारले नेपालको सामाजिक आर्थिक विकासमा गर्दै आएको सहयोगप्रति अभार व्यक्त गर्दै जाइकाको सहयोगपछि आउने नयाँ उपकरणले शिक्षण अस्पतालको स्वास्थ्य सेवा र शिक्षामा संख्यात्मक र गुणात्मक सुधार हुने बताए ।

याे पनि पढ्नुस  अन्य चाडपर्वमा पनि नयाँ नोट सटही गर्न सकिने

राजदूत ओगावाले नेपाल र जापानबीच कूटनीतिक दौत्य सम्बन्धको ६० औँ वर्षगाँठ पुगेकोमा खुसी व्यक्त गर्दै सहयोग आदानप्रदानले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा दीपकप्रकाश महराले सर्जिकल, क्यान्सर, अर्थोपेडिक्स, प्याथोलोजि, गाईनोकोलोजिकल, रेडियोलोजिकललगायतका विभागसँग सम्बन्धित उपकरणको सहयोगपछि अस्पातालको स्वास्थ्य सेवामा संख्यात्मक र गुणस्तर वृद्धि हुने बताएका छन् ।

याे पनि पढ्नुस  राष्ट्रिय टोपी दिवसका अवसरमा माइतीघरबाट र्याली सुरु

अस्पतालले गुणस्तरीय उपकरण आओस् भनेर सोहीअनुसारको प्रस्ताव पेश गरेको जानकारी गराउँदै उनले त्यस्ता आधुनिक उपकरणको जडानपछि स्वास्थ्य उपचार सेवा अझै सुनिश्चित हुने बताए ।

उपकरण सन् २०१७ को सेप्टेम्बरसम्म अस्पतालमा आइपुगेका छन् ।

कमेन्ट गर्नुहोस्