काठमाडौं, पुस १३ । अर्बाैको रकम हिनामिना गरी फरार रहेका घरजग्गा ब्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएपछि फरार बस्नेत केही समय भारतमा विताएपछि नेपाल फर्किएका थिए । गयराती उनलाई काठमाडौको धापासीस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
ओरेन्टल सहकारीका अध्यक्षसमेत रहेका बस्नेतले सोही सहकारीको बचत हिनाहिना तथा ग्राण्ड बैंक लगायतको कर्जामा बदमासी गरी एक अर्ब ६० करोड भन्दा बढीको ठगी गरेको अभियोग लागेको थियो ।
बस्नेतले कोहिनुर हिल हाउजिङको नाममा बैंकहरुबाट ७० करोड रुपैयाँ भन्दा बढी ऋण लिएकोमा त्यसको सावाँ ब्याज भुक्तान गर्न नसकी समस्यामा परेका थिए ।