नेपाली फिल्म बनाउँदै प्रियंका चोपडा

पुस १३ । बलिउडमा राम्रो सफलतापछि बलिउडमा समेत चर्चा कमाइसकेकी नायिका प्रियंका चोपडाले नेपाली फिल्म बनाउने भएकी छिन् । अभिनेत्री चोपडाले ‘सिक्किम बेस्ड’ नामक नेपाली फिल्म बनाउने भएकी हुन् ।

उनले होम प्रोडक्शनबाट फिल्म निर्माण गर्न लागेकी प्रियंकाकी आमा मधु चोपडाले सार्वजनिक गरेकी छिन् । यसअघि होम प्रोडक्शन पर्पल पेबलबाट प्रियंकाले मराठी फिल्म भेन्टिलेटर, भोजपूरी फिल्म बम बम बोल हा है निर्माण गरिसकेकी छिन् ।

याे पनि पढ्नुस  अक्षयकुमार हिरोइनसँग हारेपछि मुख फोरेरै फर्काए यस्तो जवाफ

त्यस्तै उनले निर्माण गरेको पंजाबी फिल्म ‘श्रावण’ रिलिजको तयारीमा छ ।

प्रियंकाले बनाउन लागेको ‘सिक्किम बेस्ड’ नेपाली फिल्म पौवामा कलाकार र क्रु मेम्बरहरु नेपाल र सिक्किमका हुनेछन् । फिल्मका लागि भारतका राजस्थतान, छत्तीसगढलगायत नेपालका सिक्कीमा छायांकन गरिनेछ ।

कमेन्ट गर्नुहोस्