वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

काठमाडौं, पुष १४ । वरिष्ठ साहित्यकार  कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित  दीक्षितको बीएन्डबी अस्पतालमा उपचार भइरहेको थियो ।

बिहान दुई बजेर ४५ मिनेटमा ललितपुरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मदन पुरस्कार गुठीले शोक विज्ञप्ति जारी गर्दै उनको आज बिहान ७ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्