साझा प्रकाशन र जनक शिक्षालाई डुब्न नदिने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं, पुष १४ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले साझा प्रकाशन र जनक शिक्षालाई बचाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । साझा प्रकाशनले बुधबार ललितपुरको पुल्चोकमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लामो इतिहास बोकेका संस्था साझा र जनकलाई डुब्न नदिन सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

आर्थिक संकटको कारण टाँट पल्टिएको साझा प्रकाशनलाई पुनर्जिवन दिन सरकारले केही समय अघि मात्र ३० करोड रुपैयाँ आर्थिक सहयोग गरेको थियो । साझाको माग अनुसार आफूले ४० करोड रुपैयाँ नै सहयोग गर्न चाहेको भए पनि व्यूरोक्रेसीले असहयोग गर्दा यो पटक ३० करोड मात्र दिन सकिएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

याे पनि पढ्नुस  संशोधन प्रस्ताव फिर्ता हुँदैन, परिमार्जन हुन सक्छ: प्रधानमन्त्री प्रचण्ड

उनले निजी संस्थाहरु आर्थिक रुपमा सबल बन्दै जाने तर सरकारी स्वामित्वका साझा संस्थाहरु टाँट पल्टँदै जानु विडम्बनापूर्ण भएको बताए। साझालाई आर्थिक रुपमा सबल बनाउने गरी काम गर्न सञ्चालकहरुलाई उनले आग्रह पनि गरे । प्रधानमन्त्री प्रचण्डले साझाका जिर्ण भवनको पुन ः निर्माणमा पनि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले साझा प्रकाशनलाई नेपालको सम्बृद्ध संस्थाको रुपमा विकास गर्न सरकार लागि पर्ने बताए । त्यसको लागि साझाको संरचनागत परिवर्तन र कानूनी आधार निर्माणमा ध्यान दिइने मन्त्री पौडेलको भनाई थियो ।

कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलेन्द्र शर्माले आफूले निकै मेहनत गरेर साझालाई पुनर्जिवन दिएको बताउनुभयो । उहाँले जनक शिक्षाले उत्पादन गर्ने र साझाले वितरण गर्ने प्रणालीलाई मजबुद बनाउन सके साझा र जनक दुबैलाई आर्थिक रुपमा सबल बनाउन सकिने तर्क गरे ।
कार्यक्रममा राष्ट्रकवि माधब घिमिरे, संस्कृतिविद् तथा सताव्दी पुरुष सत्यमोहन जोशी र बरिष्ठ आख्यानकार मदनमणि दिक्षितलाई सम्मान गरिएको थियो ।

याे पनि पढ्नुस  नेपालको शान्ति र संविधान विश्वकै लागि मौलिक र शिक्षाप्रद–प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले घिमिरे, जोशी र दिक्षितलाई ताम्रपत्र र दोसल्ला ओडाएर जनही नगद २५ हजार रुपैयाँ प्रदान गरे । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बरिष्ठ समालोचक तथा सौन्दर्य शास्त्री निनु चापागाईंद्वारा लिखित ‘पूर्ववाद र सइदेली विचार’ र समालोचक डाक्टर ताराकान्त पाण्डेयद्वारा लिखित ‘माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र’ पुस्तकको लोकार्पण पनि गरे । दुवै पुस्तकको प्रकाशन साझा प्रकाशनले गरेको हो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्डले भने–‘संविधान संशोधन र कार्यान्वयनमा राजनीतिक दलबीच राष्ट्रिय एकता आवश्यक छ’

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले दुवै कृतिको विषयमा समिक्षात्मक टिप्पणी गर्नु भएको थियो । त्यसक्रममा नेता वैद्यले प्रधानमन्त्री प्रचण्डलाई ‘आगोको भुंग्रोमा पसेको’ भनी टिप्पणी गरे ।

‘संसदिय व्यवस्था आगोको भुंग्रो हो, प्रधानमन्त्री प्रचण्ड अहिले त्यहि भुंग्रोमा हुनुहुन्छ । यो मैले मात्र भनेको होइन, दुनियाँले अहिले यहि भन्दैछ’, नेता बैद्यले भने ।

उनले संसदिय व्यवस्थाबाट मुलुक सम्बृद्ध बन्न नसक्ने ठोकुवा गरे । । कार्यक्रममा संसदको महिला बालबालिका, जेष्ठ नागरिक समितिकी सभापति रञ्जुकुमारी झा, माओवादी केन्द्रका नेता दिनानाथ शर्मा लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्