स्यूचाटार सब–स्टेशनमा खराबी, विद्युत आपूर्तिमा समस्या

काठमाडौं, पुष १४ । बिहिबार बिहान देशैभरी बिजुली आउने जाने समस्या देखियो । कतै फेरी लोडसेडिङ हुने त हैन ? भन्ने प्रश्न समेत धेरैको मनमा उठ्यो ।
तर विद्युत प्राधिकरणले आज बिहान बिद्युत आपूर्तिमा देखिएको समस्या प्राविधिक खराबीका कारण भएको जनाएको छ ।

याे पनि पढ्नुस  विद्युत् चोरी रोक्न सरकार आक्रमक

प्राधिकरणका अनुसार, स्युचाटार सब–स्टेशनमा प्राविधिक खराबी देखिएपछि विद्युत आपूर्तिमा समस्या भएको हो ।

अहिले प्राधिकरणले दक्ष प्राविधिकहरुलाई सिष्टममा देखिएको खराबी हल गर्न खटाइसकेको छ ।

कमेन्ट गर्नुहोस्