२ सय बढी लगानीकर्ताले घेराउ गरे शेयर बजार

ब्रोकरहरुको एउटै कम्पनीले आठ स्थानसम्म शाखा बिस्तारको प्रस्ताव गरेको छ

काठमाडौं, पौष १४ । शेयर बजारसँग सम्बन्धित बिभिन्न माग राख्दै दुईसय भन्दा बढी शेयर लगानीकर्ताहरुले बिहिबार स्टक एक्जचेन्जको कार्यालय घेराउ गरेका छन् ।

शेयर बजारलाई व्यवस्थित पार्न काठमाडौं बाहिर ७० वटा शाखा खोल्नुपर्ने मुख्य माग सहित विगत केही दिनदेखि शेयर दलालहरु आन्दोलनमा रहेका छन् ।

शेयर बजारलाई अनलाइन सिष्ष्टम तत्काल लैजानुपर्ने, शेयर कारोबारलाई पारदर्शी र सजिलो पार्न अनलाईन सिष्टमको विकास गरिनुपर्ने, काठमाडौं बाहिर आर्थिक कारोबारको सम्भावना भएका देशका बिभिन्न शहरमा शेयरको कारोबार गर्न संयन्त्र निर्माण गरिनुपर्ने लगायतका माग उनीहरुले राखेका छन ।
share-investor
राजधानीको पुतलीसडकमा स्थित नेप्सेको कार्यालयमा ब्रोकरहरुलाई यथाशीघ्र उपत्यकाबाहिर शाखा खोल्न दिइयोस, गैर आवासीय नेपालीलाई पूँजि बजारमा ल्याउन पहल गरियोस्, अनलाईन सिष्टम यथाशीघ्र कार्यान्वयन गरियोस लगायतका  प्लेकार्डसहित धर्ना दिएका हुन ।

याे पनि पढ्नुस  सरकारकै छैन डिम्याट खाता

धितोपत्रको कारोबार गर्दै आएका कुल ५० सेयर ब्रोकरमध्ये २४ ले ‘तत्काल शाखा खाल्न पाऊँ’ भनी निवेदन दिएपनि त्यसको सुनवाई नभएको उनीहरुको आरोप छ ।

ब्रोकरहरुको एउटै कम्पनीले आठ स्थानसम्म शाखा बिस्तारको प्रस्ताव गरेको छ । प्रस्ताव गरिएका स्थानमा भक्तपुर, विराटनगर, इटहरी, दमक, धरान, भरतपुर, बनेपा र बुटवललगायत स्थान रहेका छन् । त्यसरी माग गर्नेमा एबिसी सेक्युरिटीजले छ, अनलाइन सेक्युरिटीजले पाँच, मल्ल एन्ड मल्ल, नाशा, त्रिशक्ति, अक्सफोर्ड, श्वेता र एसियनले चार स्थानमा शाखा खोल्ने अनुमति मागेको महाप्रबन्धक थपलियाको भनाइ छ । यस्तै तीन स्थानमा शाखा स्थापनाको अनुमति माग गर्ने ब्रोकर कम्पनीको सङ्ख्या चार रहेको छ ।

याे पनि पढ्नुस  शेयर बजारमा सुधारको स‌ंकेत, करिब दुई अर्बको कारोबार

सेयर बजारलाई राजधानी बाहिरका जनताको पनि पहुँचमा पु¥याउन ब्रोकरको शाखा विस्तार गर्नेबारे लामो समयदेखि चर्चा चल्दै आएको भए पनि प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन । स्टकका अनुसार हालसम्म नौ ब्रोकर कम्पनीले राजधानी बाहिर एक÷एक वटा शाखा विस्तार गरेका छन् । ४१ ब्रोकर कम्पनीले भने हालसम्म शाखा विस्तार गरेका थिएनन् ।

याे पनि पढ्नुस  कारोबार सुरु भएको एकघण्टा नेप्से परिसूचक ०.५६ प्रतिशत घट्यो

धितोपत्र बजार सुधार सम्बन्धमा गठित अध्ययन समितिले तत्काल ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन सिफारिस गरेको छ । सोही आधारमा स्टकले नेपाल धितोपत्र बोर्डमा अनुरोधसमेत गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्