धनाड्यहरुको सूचिमा सलमानले पछारे शाहरुखलाई

काठमाडौं, एजेन्सी । लोकप्रियताको हिसाबले शाहरुख भन्दा पछाडि भएपनि पैसा कमाउने विषयमा भने सलमानले शाहरुखलाई पछारेका छन् ।

विश्वका धनी मानिसहरुका बारेमा हरेक वर्ष तथ्यांक सार्वजनिक गर्दै आएको फोब्र्स इण्डियाले जारी गरेको १ सय धनी सेलेब्रेटीको सूचिमा सलमान शाहरुख भन्दा अगाडि देखिएका हुन ।
यो अध्ययनमा २०१५ को अक्टोबरदेखि २०१६ को सेप्टेम्बरसम्मको आम्दानीको तुलनात्मक अध्ययन गरिएको थियो ।

याे पनि पढ्नुस  सलमान खानलाई धम्की दिएपछि शाहरुख पक्राउ

फोब्र्सका अनुसार, सलमानले वर्ष २०१५ मा प्रेम रतन धन पायो र २०१६ मा सुल्तानका चलचित्रमा ठूलो सफलता पाए । यसले गर्दा सलमान एक्लैको कमाई कूल आय शीष १ सय सेलेब्रेटिहरुको आयको करीब १० प्रतिशत रहेको छ ।

शाहरुख खानले भने दोश्रो नम्बरमा आफूलाई सुरक्षित राख्न सफल भए । उनले यो अवधिमा भारतीय रुपैयाँ २२१.७५ करोड कमाई गरे ।
क्रिकेटर महेन्द्र सिंह धोनीले भने यो वर्ष १ सय २२ करोड भन्दा बढी कमाएको उल्लेख छ ।

कमेन्ट गर्नुहोस्