पुस १४ । झापाली समाज अष्ट्रेलियाले झापामा रहेका बाढीपडितहरुलाई नगद सहयोग गरेको छ । गत वर्ष वर्षातको समयमा आएको वाढीका कारण ज्यान गुमाएकाहरुको आफन्तलाई सो समाजले राहतस्वरुप साढे तीन लाख रुपैयाँ सहयोग गरेको हो ।
एक कार्यक्रमबीच समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलले उक्त रकम बराबरको चेक नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीलाई हस्तान्तरण गरेका हुन् ।
मृतकका परिवारलाई सो रकम दामासाही तरिकाले वितरण गर्नका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको झापाली समाज अष्ट्रेलियाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
झापाली समाज अष्ट्रेलियाको अगुवाईमा संकलित राहत रकमका लागि अष्ट्रेलियामा बस्ने ४२ जनाले सहयोग प्रदान गरेका थिए ।