खानेपानी सुधार आयोजनामा चार अर्ब बिनियोजन गर्न मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, पुस १४। सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि रु.४ अर्ब ४३ करोड विनियोजन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र समग्र शिक्षाका लागि एसियाली विकास बैंक (एडिबि) बाट प्राप्त हुने रु.२ अर्ब १२ करोड स्वीकृति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

याे पनि पढ्नुस  सुविधा दुई चालकको, काम एकै जनाबाट

गतवर्षको भूकम्पले क्षति पु¥याएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको ड्याम साइट मर्मत सम्भारका लागि रु ६१ करोड १८ लाख विनियोजन गर्ने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।

प्रवक्ता कार्कीले केमिकल इञ्जिनियरिङ, केमिकल इञ्जिनियरिङ एन्ड पोलिमर साइन्स, बायो मेडिकल, बायो टेक्नोलोजीलगायत इञ्जिनियरिङका विभिन्न विधालाई पनि इञ्जिनियरिङ अनुसूचीमा समाहित गर्ने निर्णय गरिएको बताए ।

याे पनि पढ्नुस  पर्यटक प्रहरीलाई संघीय संरचनाअनुसार लैजानुपर्नेमा जोड

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र केसीलाई महासेनानीमा पदोन्नति, कार्यस्थलमा कार्यरत (मजदुर र ज्यामी) का लागि ध्वनि र प्रकाश अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राख्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

प्रेस काउन्सिलमा नियुक्ति

यसैगरी बैठकले प्रेस काउन्सिल नेपालको सञ्चालक समिति सदस्यमा पत्रकारद्वय नवलकिशोर यादव र सङ्गीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  कला परिषद् र ओबोर संस्कृति संस्थाबीच आठबूँदे सम्झौता

त्यसैगरी पुनःनिर्माण प्राधिकरणमा कार्यरत इञ्जिनियरका लागि जिल्ला सदरमुकाममा भएकालाई ५० प्रतिशत र दुर्गम क्षेत्रमा भएकालाई ७५ प्रतिशत भत्ताको व्यवस्था गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिएको छ ।

नेपालको आकाशमा नेपालको स्याटलाइट, नेपालको धर्तीमा नेपाली झन्डा भन्ने अभियानलाई सरकारले सञ्चालन गरेको प्रवक्ता कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्