बेसहारा भण्डारीलाई आर्थिक सहयोग

म्याग्दी, पुस १४ । म्याग्दीको बेनी नगरपालिका–४ खबरा पिपलडाँडाकी ८२ वर्षीया बेसाहारा इन्द्रकली भण्डारीलाई राससबाट प्रेषित समाचारले आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएको छ ।

राससमा ‘८२ वर्षीया बेसहारा भण्डारीको बिजोग, न खाने अन्न, ओढ्ने कपडा’ शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रसारण भएपछि देश विदेशबाट सहयोग जुटेको बताएको छ ।

याे पनि पढ्नुस  ऊर्जा नदीमा रुपान्तरण हुँदै कालीगण्डकी

अनलाइनमा राससको समाचार पढेर बेनपा–३ बिमिराबोट घर भई हाल अमेरिकामा रहेका मिलन थापाले आफ्नी आमा पम्फा थापामार्फत नगद रु १० हजार सहयोग गर्नुभएको छ ।

यसैगरी बेनपा–३ ज्यामरुककोटको परिवर्तनशील आमा समूहले पाँच हजार र बेनपा–४ का यामबहादुर खड्काले रु एक हजार सहयोग गरेको छ । त्यस्तै गौश्वाराका भीम सापकोटाले बिएस ओभरसिज काठमाडौँबाट रु १२ हजार बराबरको लत्ताकपडा र खाद्यान्न, दानबहादुर थापा (हाल कतार) ले आफ्नो जन्मदिनको अवसरमा रु तीन हजार बराबरको खाद्यान्न र नगद सहयोग गरेको छ ।

याे पनि पढ्नुस  घरभाडामा बस्नेको गुनासो घरधनीले सुने

ती सहयोग रकम, खाद्यान्न र लत्ताकपडासहित स्थानीय समाजसेवी धु्रव सागर शर्माले पीडित इन्द्रकली भण्डारीलाई हस्तान्तरण गरेको छ ।

लोग्नेले सम्पत्ति बेचेर सकेपछि घरवारविहीन बनेकी भण्डारीलार्ई खाने, अन्न र ओढ्ने कपडा नहुँदा अर्काको घरमा भोकभोकै जाडोले कठ्याङ्ग्रिदै दिन र रात कटाउनुपर्ने बाध्यता थियो ।

याे पनि पढ्नुस  गाउँपालिकाको सेवा लिन तीन दिन

वृद्धा भण्डारीले आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्