सात किलो सुनसहित राजधानीबाट युवक पक्राउ

काठमाडौं, पुस १४ । सात केजी अवैध सुनसहित एकजना चालकलाई प्रहरीले राजधानीको कलंकीबाट पक्राउ गरेको छ ।

रसुवाबाट धादिङको बाटो हुँदै काठमाडौं आउने क्रममा हाईलक्स गाडीमा लुकाइराखेको सो मात्रामा सुनसहित चालकलाई पक्राउ गरिएको महानगरिए प्रहरीले जनाएको छ ।

चिनियाँ बाटो हुँदै रसुवाको केरुङबाट उक्त सुन नेपाल भित्र्याउन लागिएको हुनसक्ने अनुमान प्रहरीले लगाएको छ । तर यति धेरै सुन कसको हो र कसलाई दिन ल्याइएको हो भन्ने कुरा भने अझैसम्म खुलेको छैन ।

महानगरीय अपराध अनुसन्धान विभागको टोलीले त्यतिका परिणाममा सुन पक्रेको हो । जसको बजार मूल्य करिब साढे तीन करोड रुपैयाँ हुन्छ ।

कमेन्ट गर्नुहोस्