उपराष्ट्रपति पासाङको नाममा रकम असुल्ने प्रहरी खोरमा

काठमाडौं, पुस १४ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ज्यूको नाम लिएर कसैले लामो समयदेखि विभिन्न सरकारी कार्यालय, सार्वजनिक संस्थान, वित्तीय संस्था तथा गैरसरकारी संघ संस्थाहरुमा फोन गरी जबरजस्ती रकम मागिरहेको सूचना प्राप्त गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उपराष्ट्रपतिको कार्यालबाट जारी प्रेस नोटका अनुसार केही समयदेखि उपराष्ट्रपतिको नाममा विभिन्न वित्तिय संस्थाबाट रकम असुली गरेको उल्लेख छ ।

सम्माननीयज्यूको नक्कली स्वर बनाई कतै ‘मेरो पिए पठाउँछु,’ कतै ‘छोरा पठाउँछु रकम दिनु’ भनी जबरजस्ती रकम असुल भईरहेको सूचनाको आधारमा सम्माननीयज्यूको नाम दुरुपयोग गरी गैरकानुनी रुपमा जबरजस्ती रकम माग गर्नेको पहिचान गरी कानुनी कारबाही गर्न नेपाल प्रहरी, महानगरीय अपराध महाशाखामा निवेदन दिईएको थियो’, प्रेस सल्लाहकार मनोज घर्तीमगरद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

याे पनि पढ्नुस  सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन माग

महानगरीय अपराध महाशाखाले अनुसन्धानपछि उपराष्ट्रको नाम दुरुपयोग गरेर रकम असुल गर्ने व्यक्ति राम्चे–५, सिन्धुपाल्चोकका वर्ष ३१ का कमल भनिने रोशन सुबेदी भएको पहिचान गरी नीजलाई नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाएकोमा नेपाल प्रहरी, महानगरीय अपराध महाशाखालाई उपराष्ट्रपतिज्यूले धन्यवाद दिएका छन् ।

याे पनि पढ्नुस  मालिककाे गाडी ड्राइभर, मालिक्नीकाे ‘सेक्स राइडर’

अनुसन्धानको क्रममा नीज रोशन सुबेदीले झण्डै ६ वर्षअघि उपराष्ट्रपतिकै नाम लिएर विभिन्न सरकारी कार्यालय, सार्वजनिक संस्थान, वित्तीय संस्था र गैरसरकारी संस्थाहरुमा फोन गरी रकम असुल गर्ने क्रममा पक्राउ परी कारबाही भोगेको खुलेको छ । नीज रोशन सुबेदीलाई कानुन बमोजिम कारबाही गर्न अनुरोध गरिसकिएको छ ।

हालसम्म उपराष्ट्रपतिको सचिवालयका सदस्य तथा पारिवारिक सदस्यहरुले कोही कसैसँग रकम माग नगरेको स्पष्ट पार्दै भ्रममा नपर्नुहुन सबैमा अनुरोध समेत प्रेस नोट मार्फत गरिएको छ ।

याे पनि पढ्नुस  श्रीमहलको पुनःनिर्माण वैशाखदेखि शुरु हुने

आगामी दिनमा कसैले उपराष्ट्रपतिज्यू, उपराष्ट्रपतिको स्वकीय सचिवालयका सदस्य वा पारिवारिक सदस्यको नाम लिएर कोही कसैसँग रकम माग गरेमा उपराष्ट्रपतिको स्वकीय सचिवालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन सबैमा अनुरोध गरिएको छ ।

साथै, विभिन्न क्षेत्रमा सम्माननीय उपराष्ट्रपतिज्यूको नाम जोडिएर आएको समाचारप्रति उपराष्ट्रपतिको स्वकीय सचिवालयको ध्यानाकर्षण भएको छ । त्यसप्रकारका असत्य समाचारप्रति भ्रमित नहुनसमेत मनोजले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्