एकै परिवारका पाँच दृष्टिविहीन विचल्ली

राजविराज, पुस १४ । सरकारबाट पाउने सेवा र सुविधा नपाउँदा जिल्लाको गम्हरीया प्रवाहा गाविस–४ स्थित पटी टोलमा एकै परिवारका पाँच दृष्टिविहीन व्यक्ति विचल्लीमा परेका छन् ।

एउटै परिवारका ५० वर्षीय शम्भु मण्डल, उनका ४५ वर्षीय भार्इ शिवनारायण मण्डल र उहाँकी ४० वर्षीया श्रीमती गीतादेवी मण्डल, ४२ वर्षीया बहिनी जयकलादेवी मण्डल र एक छोरासहित पाँचै जना अपांगता भएका व्यक्तिले सरकारबाट पाउने सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।

याे पनि पढ्नुस  चार सय बोतल लागुऔषधसहित दुई जना पक्राउ

दृष्टिविहीन पाँचै जनालाई जीवनयापन गर्न समस्या भइरहेको बताएको छ । दृष्टिविहीन शम्भुको दुई छोरा र दुई छोरी छन् भने शिवनारायणको दुई छोरा र एक छोरी तथा जयकलाको दुई छोरा र एक छोरी रहेका छन् ।

राज्यबाट पाउने सेवा र सुविधाबाट वञ्चित भएपछि छोराछोरीलाई पालनपोषणमा निकै समस्या भएको पीडित शम्भुले बताए । उनीहरुले २०६७ देखि २०७१ असारसम्म राज्यबाट पाउनु पर्ने सेवा र सुविधा पाए पनि पछिल्लो दुई वर्षयता कुनै सुविधा नपाएको गुनासो गरेका छन् ।

याे पनि पढ्नुस  कृृषक समूहलाई पम्पसेट (बोरिङ) वितरण

सरकारले अहिले पूर्ण अपांगता भएकालाई रातो कार्ड र सामान्य अपांगतालाई हरियो कार्ड दिने व्यवस्था गरेको छ ।

रातो कार्ड पाउन सरकारी कार्यालय, सगरमाथा अपांग संघलगायतका विभिन्न निकायमा आफू महिनौँ दिनसम्म धाउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।

कमेन्ट गर्नुहोस्