मनिला, एजेन्सी । पूर्वी एशियाको देश फिलिपिन्समा बक्सिङ खेल भइरहँदा विष्फोट भएको छ ।
विष्फोटमा कम्तीमा ३० जना घाइते भएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार, लेटे राज्यको हिन्लोगोस शहरमा क्याथोलिक महोत्सवमा आयोजना गरिएको प्रतियोगताको बेला दुई वटा बम विष्फोट भएका थिए ।
क्षेत्रीय सैन्य प्रवक्ता प्रथम लेफ्टिनेन्ट चेरी जुनियाका अनुसार, घाइतेहरुलाई अस्पतालमा लगिएको छ । विष्फोटमा स्थानीय सेल फोनको प्रयोग गरिएको प्रारम्भिक अनुमान छ ।
फिलिपिन्सको दक्षिण क्षेत्रमा अबु सयाफ गुटका सशस्त्र लडाकु र इस्लामिक स्टेट आतंकी समूहको गतिविधि बढ्न सक्ने भन्दै सुरक्षाकर्मीलाई सतर्क पारिएको छ ।
बम विष्फोट भएको स्थान मनिलाबाट ६ सय १० किलोमिटर टाढा छ । यो राज्यमा कम्युनिष्ट गुरिल्लाहरुको समेत गहिरो प्रभाव रहेको छ ।