‘संशोधन प्रस्तावमा तीनदिनभित्र सहमति नभए प्रक्रिया अघि बढाइने’

संसदीय पद्धति मान्ने या बाहिरिने संकटमा एमाले

काठमाडौं, पुस १४
सभामुख ओनसरी घर्तीले एक महिनादेखि जारी गतिरोध अन्त्य गर्नलाई तीनदिनको समय दिएकी छिन । बिहिबार रिपोर्टस क्लबको तर्फबाट ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले तीन दिनभित्र अवरुद्ध संसद संचालन गर्ने सम्बन्धमा दलीय सहमति नजुटे प्रक्रियामा प्रवेश गरिने बताएकी छन्।

आफूले पटक पटक राजनीतिक दलहरुलाई विषयमा सहमति गर्न र त्यसो हुन नसके प्रक्रियामा भए पनि सहमति जनाउन आग्रह गरेको स्मरण गर्दे सभामुख घर्तीले पछिल्लो पटक दलहरुलाई दिएको तीनदिनको समयसीमा भित्र पनि दलिय सहमति कायम हुन नसके संसद बैठकबाटै निकास निकाल्ने बताइन्।

याे पनि पढ्नुस  राजनीतिक दलले सहमति गरेर चुनावमा जानुपर्छ-सभामुख घर्तीमगर

संविधानको सफल कार्यान्वयनका लागि सदनको कारबाही नियमित चल्नुपर्ने भन्दै उनले लामो समयसम्म संसद अनिर्णयको बन्दी बन्न नसक्ने उल्लेख गरिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ स्वयम्‌ले तीन दिनभित्र सहमतिमा पुग्ने आश्वासन दिएकाले दलीय सहमति जुटी अवरूद्ध सदन सञ्चालन हुनेमा आफू विश्वस्त भएको बताइन्।

याे पनि पढ्नुस  सभामुखले डाकेको बैठकमा निस्किएन निकास, एमालेको अडान कायमै

दलहरुसँग सहमति कायम गर्नलाई अाफूले दुईपटक दलहरुसँग छलफल गरेको उनले जानकारी दिइन । तर दुवै बैठकमा निस्कर्ष निश्किएन, दलहरु अा-आफ्ना अडानमा रहेकाले समस्या झन बल्झिएकोमा उनी असन्तुष्ट देखिइन ।

पछिल्लो पटक आफूले दिएको तीन दिनको समयमा सहमति नजुटे एकै दिन पटक पटक बैठक गरेर भए पनि दलहरुलाई सहमतिमा पुग्नका लागि दबाब दिने सहमति कार्यव्यवस्था समितिको बैठकमा नै भएको पनि उनले जानकारी गराइन्।

याे पनि पढ्नुस  सभामुखले डाकेको बैठकमा निस्किएन निकास, एमालेको अडान कायमै

बिहिबार स्थगित भएको व्यवस्थापिका बैठक १८ गते १ बजेका लागि बोलाईएको छ।

कमेन्ट गर्नुहोस्