गच्छदारले प्रस्ताव गरे ८ प्रदेश

काठमाडौं, पुस  १५ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सीमांकन विवाद समाधान गर्न आठौं प्रदेशमा जान सकिने विकल्प अघि सारेको छ ।

आजको नागरिक दैनिकमा खबर छ– प्रदेश विवाद मिलाउन झापा, मोरङ, सुनसरीलाई २ नम्बर प्रदेशमा राख्नुपर्ने, त्यो हुन नसके झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी र उदयपुरलाई मिलाएर आठौं प्रदेश बनाउनुपर्ने निष्कर्ष पार्टीले निकालेको छ ।

याे पनि पढ्नुस  संविधान संशोधन प्रस्ताव भोलीदेखि संसदमा, एमाले सकारात्मक

केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले गरेका निर्णयबारे जानकारी गराउन बिहीबार पार्टी कार्यालय तीनकुनेपमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजय गच्छदारले कैलाली र कञ्चनपुरलार्य ५ नम्बर प्रदेशमा मिलाउनुपर्ने बताए ।

‘सबैभन्दा राम्रो झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी र उदयपुरलाई मिलाएर आठौं पद्रदेश बनाउनु नै हो,’ गच्छदारले भने, ‘यसरी आठौं पदेश बनाउँदा मधेसमा तीन प्रदेश हुनेछन् ।’
मधेसमा तीन प्रदेश भएमात्र अहिलेको राजनीतिक गतिरोधले निकास पाउने धारणा पनि उनले राखे ।

कमेन्ट गर्नुहोस्