काठमाडौं, पुष १५ । बरीष्ठ साहित्यकार एवं इतिहासकार आत्मा राम ओझाको ८८ बर्षको उमेरमा आज निधन भएको छ ।
आज बिहान ४ बजे उनको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा उदाएका थिए। उनको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको भीमदत्तनगरमा साहित्यकार हेमबाबु लेखकले बताए ।
जीवनको अन्तिम दिनसम्म पनि अोझाको कलमले निरन्तरता पाएको थियो । सुदुरपिश्चममा बसेर अोझाले देश,समाज,कला,संस्कृति आदिको बारेमा लेख्दै आएका थिए ।
‘सुदूरपश्चिम इतिहास परिचय’ ‘तिला’ र ‘राजा नागी मल्ल’ उहाँका प्रसिद्ध कृति हुन् ।