एउटा साथी निकै निराश थियो । त्यसले हामी २, ३ जना साथीलाई चिया खान बोलायो । हामी गयौं । अनि उसको र निशाको प्रेम कथा सुनाउन थाल्यो । उ वियोगमा रहेछ ।
अनि एक पटक झोक्किर भन्यो–‘यदि उ मेरो हुन सकिन भने म उसलाई कसैको हुन दिन्न । ’ बुझ्यौ ?
मैले भनें– ‘यसको मतलब, उ तेरी भइ भने चाहीँ सबैको हुन दिन्छस ।’
मेरो साथी अहिले म संग बोल्दैन ।
मैले केही गलत भनें र?