झारखण्डमा कोइला खानीको ढिस्को खस्दा ७० जना पुरिए

राँची, एजेन्सी । झारखण्डको गोड्डामा कोइला खानी धसिन पुग्दा ७० जना भन्दा बढी पुरिएका छन् ।
बिहिबार साँझ ७ बजे घटना घटेको हो ।
राजमहल परियोजना अन्तर्गतको उक्त कोइला खानीमा काम गरिरहेको बेला कोइला खानीको ढिस्को ३ सय मिटरसम्म धँसिन पुगेको हो । कामदारका साथै २५ वटा भल्भो गाडी र ४ वटा पिसी पनि पुरिएका छन् ।
प्रहरी र एनडीआरएफको टीम अहिले घटनास्थलमा राहत र बचाउ कार्यमा जुटेको छ ।
सन् २००१ को सेप्टेम्बर २६ मा यसरी नै कोइला खानी धसिएपछि १२ जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्