काठमाडौं, पुस १५ । एमाले निकट युथ फोर्सले सरकारी गाडी जलाएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा गाडीमा युथफोर्सले आगजनी गरेको हो । दिउँसो पार्किङमा राखिएको बागमती सभ्यता एकीकृत विकास समितिको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।
अर्को गाडीमा तोडफोड गरेका छन । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । गाडी रोकेर तोडफोड भएको हो ।
प्रहरीका अनुसार गाडीमा आगो लगाएर भागेकाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
अहिले बानेश्वर क्षेत्रमा तनावपूर्ण अबस्था रहेको त्यहाँ रहेका हाम्रा सहकर्मीले बताएका छन् ।