नयाँ शक्तिको खबरदारी : एमालेको आन्दोलन ‘पिसाबको न्यानो’ मात्रै

'लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन'

काठमाडौं, पौष १५ । नयाँ शक्ति नेपालले प्रतिगामी शक्तिलाई सहयोग गर्दा त्यसले क्षणिक स्वार्थ पुरा भएपनि कालान्तारमा ठूलो हानी गर्ने भन्दै प्रतिपक्षी एमालेलाई खबरदारी गरेको छ ।

पार्टीका संयोजक बाबुराम भट्टराईले एक विज्ञप्ती जारी गर्दै भट्टराईले संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही राजनीतिक दलका नेता अझ पछि हट्न खोजिरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

“निराश भएर प्रतिगामी शक्तिलाई सहयोग गर्दा भोली सबैलाई ‘न्याउरी मारी पछुतो’ हुन्छ” भट्टराईले भनेका छन्, “हिजोका आफ्नै प्रतिबद्धताबाट पछि हट्ने दुस्साहस कसैले पनि नगरौं, यसले कसैको क्षणिक स्वार्थ त पुरा गर्ला तर त्यो कालन्तरमा पिसाबको न्यानो सिद्ध हुने छ”

याे पनि पढ्नुस  काजीसँग डराउदै भट्टराईले गोर्खा छाडे

लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै भट्टराईले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधन मार्फत संविधानमा रहेको अपूर्णतालाई विगतका सहमति, सम्झौता र निर्मित आधारहरुका आधारमा तत्काल पूर्णता दिन आग्रह गरेका छन् । आर्थिक विकास र समृद्धिको यात्राका लागि स्थीर सरकार हुनु अत्यावश्यक रहेकोमा जोड दिँदै भट्टराईले छ । राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र विविधताको सहभागिताका लागि पूर्ण समानुपातिक संसद् नै संसदीय व्यवस्थाको उत्तम विकल्प रहेको जिकरि गरेका छन् ।

याे पनि पढ्नुस  गनगने अवसरवादी बाबुरामः आफूलाई भए ठीक, नभए सबै बेठीक

विज्ञप्तीमा भट्टराईले संविधानमा राज्य पुनस्संरचनाको एउटा मुख्य पाटो शासकीय स्वरुप पनि उही पुरानै असफल सिद्ध र अस्थीर राजनीतिको कारक संसदीय व्यवस्था नै कायम हुन पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । “आर्थिक विकास र समृद्धिको यात्राका लागि स्थीर सरकार हुनु अत्यावश्यक छ । राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र विविधताको सहभागिताका लागि पूर्ण समानुपातिक संसद् नै संसदीय व्यवस्थाको उत्तम विकल्प हो ।” उनको ठहर छ ।

कमेन्ट गर्नुहोस्