सडकको अवस्थाबारे जानकारी दिन सरकारले ल्यायो मोबाइल एप्स

काठमाडौं, पौष १५ । सडक मर्मतलगायतका विषयमा जानकारी दिन सरकारले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको अवस्थाबारे सर्वसाधारणलाई सुसुचित गर्न मोबाइल एप्सको शुरुआत गरेको हो ।

एप्सको उद्घाटन आज एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गरे ।

याे पनि पढ्नुस  राप्रपाको निर्णयले सरकार अप्ठ्यारोमा पर्दैन– बल्देव, प्रधानमन्त्रीका सल्लाहकार

मन्त्री लेखकले उनले एप्सबाट सर्वसाधारणले सडक मर्मतबारे जानकारी पाउन सजिलो हुने बताए । सो अवसरमा मन्त्री लेखकले जनताको समस्या तत्काल हल गर्न र योजनाबद्ध तरिकाले काम शुरु गर्न समेत मातहतका निकाय र कर्मचारीलाई निर्देशन दिए ।

सडक मर्मत हुने स्थानका बारेमा जानकारी नहुँदा सर्वसाधारणले सास्ती व्यहोरिरहनु परेको बेला सडक विकास बोर्डले सो सम्बन्धि जानकारी दिन एप्स संचालनमा ल्याएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्